२१ कार्तिक २०८१, बुधबार

निर्मल मण्डल

४ वर्ष अगाडि

विश्वभरि कोरोनाबाट प्रभावित भई प्रवासमा कामदारहरु दिनहुँ कुनै न कुनै कारणवश आफ्नो रोजगारी गुमाइरहेको अवस्थाको बारेमा सबैमा जगजाहिर नै छ । प्रवासमा विगत पाँच महिनादेखि तलब खाना भत्ता र काम नपाएको अवस्थाले उत्तिकै पिरोलेको छ । यहाँ कम्पनीबाट कामदारहरू पीडित भई नेपाली राजदूतावास र विभिन्न संघसंस्थाको हारगुहार माग्दै भोकले तड्पिरहेको अवस्था छ ।
वैदेशिक रोजगारमा धेरै सपना र बाध्यताको कारणले विदेशिएका युवाहरुको पीडा यो विषम् परिस्थितिमा कसले सुनि दिने ? नेपाल सरकारले न रोजगारी सृजना गरिरहेको छ न त समस्यामा परेकोलाई निःशर्त उद्धार नै । अहिले प्रवासीहरूलाई कोरोनाले नघर नघाटको बनाइ दिएको हामी महसुस गर्दैछौं । यति खेर हामीले ५५ डिग्रीको घाममा काम गरेर रेमिटान्सबाट देशका लागि योगदान दिनपछि परेनौं ।
तर अहिले हाम्रो नेपाल सरकार अचानक आएको माहामारीबाट बचाउन सकिरहेको छैन । अहिले नेपाल फर्किनलाई उल्टै आर्थिक भारको बोझ हामी माथि नै थुपारिरहेको अवस्था छ । त्यति मात्र होइन साउदी अरबमा अलपत्र परेका कामदारका लागि कुनै पनि सेलटर (सार्वजनिक) बास स्थानको व्यवस्था गरिएको छैन । यस्तो अवस्थामा पीडित कामदारको अवस्था नाजुक बन्दै गइरहेको छ ।
नेपाल सरकारको यो निर्भर पनि हेर्नु तत्काल नेपाल सरकारको र कुटनैतिक पहलमा नेपाल फर्कनका लागि रु.६३ हजार बराबरको हवाई टिकट कोरोना पीसीआर टेस्ट रु. १० हजार र नेपाल सरकारले क्वारेन्टाइनका लागि तोकेको साधारण होटलको दैनिक रु. ३ हजार १५ दिनको, रु. ४५ हजार गरेर एक जना नेपालीको जम्मा खर्च रु. १ लाख १८ हजारसम्म तिर्नुपर्ने यो अलपत्र नेपालीहरुलाई उद्धार गरेको हो या सरकारले लुटतन्त्रको व्यापार ?
यस्तो चर्को मूल्यमा रोजगार गुमाएका नेपालीहरु, बिरामी परेकाहरु, गर्भवती महिलाहरु कसरी नेपाल फर्कन सक्छन् ?
यतिको रकम नभएका नेपाली कामदारहरु आफ्नो देश फर्किन सक्ला त ? हाम्रो संविधानले वैदेशिक रोजगारमा गएका कामदारहरूको हकमा नेपाल सरकारको कानुनबमोजिम नियम ऐनअन्तर्गत संविधानको धारामा वैदेशिक रोजगारी ऐेन २०६४ को दफा ७५ बमोजिम वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको स्वदेश फर्किने वा उद्धारमा आर्थिक भार थोपार्नु हुँदैन, प्रष्ट उल्लेख भएको देखिन्छ, नेपाली श्रमिकहरु वैदेशिक रोजगारीमा कुनै पनि समस्यामा पर्दा वा उद्धार गर्नुपर्दा श्रमिकहरुलाई नेपाल सरकार वा मेनपावर एजेन्सीले आफ्नो खर्चमा फर्काउनु पर्ने व्यवस्था भएपनि अहिले श्रम स्वीकृतिको र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हक अधिकारको हनन् भएको देखिन्छन् ।
नेपाल सरकारको यो अमानवीय निर्णयलाई न कुनै मानव अधिकारले आवाज उठाई दिइरहेको छ न कुनै संघसंस्थाले नै । हामी साउदी अरब लगायत विश्वको ४० देशमा रहेका गैरआवासीय कामदारहरूलाई सक्दो उद्धार र समन्वय गर्दै आइरहेका छौं । नेपाल सरकारले प्रवासी कामदारहरूको समस्या पहिचान गरि निःशुल्क उद्धार गर्न हाम्रो संस्था गैरआवासीय मधेशी संघ साउदी अरब शाखाले जोरदार माग गर्दछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने कार्यमा नेपाल सरकार ढिलासुस्ती गरिरहेको छ । हुन त सरकारले विदेशमा रहेका नेपालीहरुलाई सरकारले ल्याउने कुरा त गरिरहेको छ । तर साउदीमा आठ सयको हाराहारीमा नेपालीहरु कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित छन्, जसमध्ये चार जनाको मृत्युसमेत भइसकेको छ । यति हुँदाहुँदै पनि हजारौं हजारको संख्यामा नेपाली कामदारहरु विचल्लीमा परेका छन् । कसैलाई खाना पुगेको छैन, कसैलाई कम्पनीबाट निकालिएको अवस्था छ ।
साउदीमा रहेका नेपालीहरु संकटमा हुँदा पनि यहाँस्थित नेपाली दूतावास र महावाणिज्य दूतावासले हामीलाई अन्योलमा राख्ने काम गरिरहेको छ । जतिखेर नेपालीहरु यहाँ दुःखमा हुन्छन् त्यतिखेर हाम्रो दूतावासले सही सूचना हामीलाई दिँदैन । यहाँका राजदूतावासको तर्फबाट नेपाली कामदारको पक्षमा जुन किसिमको पहल हुनुपर्ने हो त्यो भएको हामीले पाएका छैनौं ।
गैरआवासीय मधेशी संघको तर्फबाट प्रवासमा रहेका नेपालीहरुका लागि हामीले पहल गरिरहेका छौं । तर राजदूतावासबाट हामीसँग न कुनै किसिमको सम्पर्क गरिरहेको छ । तर साउदीका सरकारले नेपाली कामदारहरुका लागि धेरै राम्रो व्यवस्था गरिरहेको छ । कोरोना संक्रमित नेपालीहरुको उपचारका लागि साउदी सरकारको तर्फबाट कुनै कसर बाँकी छैन, राम्ररी उपचार गरिरहेकै छ । साउदीमा संक्रमित नेपालीहरुको उपचार कुनै कम्पनीको सहयोगमा नभई साउदी सरकारकै पहलमा उपचार भइरहेको छ । यसमा दूतावासको कुनै किसिमको पहल हामी देख्दैनौं । उपचारपछि कोरोनामुक्त भइसकेका नेपालीहरु आफ्नो देश फर्कन चाहिरहेका छन्, तिनीहरुलाई छिटोभन्दा छिटो घर पठाउनका लागि नेपाल सरकार वा यहाँका दूतावासले ठोस कदम चालेको अवस्था छैन । साउदी सरकारले तीन चरणमा अहिले लकडाउन खुकुलो पार्दै गइरहेको अवस्था छ ।
भारत सरकारले आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाँदा साउदी सरकारले त्यसका लागि वातावरण बनाइदियो । भारतका कामदारहरु प्रत्येक दिन यहाँबाट आफ्नो देश फर्किरहेको अवस्था छ । त्यसरी हामी हाम्रो नेपाल सरकार चाह्यो भने हामी पनि स्वदेश फर्कन सक्छौं । यहाँ फँसेका नेपालीहरुले हामी दिनहुँ फोन गर्छन् कि खान समस्या भयो, घर फर्कन चाहन्छौं । हामीले नेपाल सरकारको एउटा आधिकारिक संस्थासँग समन्वय गर्दा अहिले लकडाउनको अवस्था छ, नेपालमा अन्तर्राष्टि उडान सुरु भएको छैन लगायतका समस्याहरु देखाइरहेको छ ।
मधेश दर्पण

बुधबार, आषाढ ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]