१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १७ जेठ । प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) प्रदेश १ को समितिले प्रदेश नं. १ मा इन्जिनियरिङ अनुसन्धान तथा तालिम केन्द्र बनाउनु पर्ने माग गरेको छ ।
एशोसिएशनले आर्थिक वर्ष २०७७÷७८ को लागि प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुन लागेको पूर्व अवसर पारेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई समक्ष माग प्रस्तुत गरेको हो ।
ईन्जिनियरिङ्ग पेशा र व्यवसाय गर्ने सम्पूर्ण जनशक्तिको क्षमता विकास गर्न तथा दक्ष एवं विशेषज्ञ प्राविधिक जनशक्ति प्रदेश भित्र नै निर्माण गरी प्रदेश एकको समग्र विकासको लागि प्राविधिक तालिम तथा ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र स्थापनाका लागि अबधारणा पत्रसहित माग प्रस्तुत गरेको हो ।
गुणस्तरिय पूर्वाधार विकासका लागि आवश्यक जनशक्ति प्रदेश भित्र नै तयार गर्न, स्वदेशी प्रविधि र ज्ञान सिपको समय सापेक्ष खोज, अन्वेषण, विकास र प्रयोग गर्न, प्रदेश भित्र उपलब्ध श्रोत, साधन र आवश्यकताको आधारमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सूचना, ज्ञान सिप र प्रविधिको उपयोग गर्न सक्ने जनशक्ति उत्पादन गर्न प्रस्तावित प्राविधिक तालिम तथा ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने उक्त संगठनका प्रदेश समितिका उपाध्यक्ष ई. प्रदीप नेपालले बताउनुभयो ।
पिन प्रदेश १ एकका अध्यक्ष ई. दीपक पौडेलले एक कार्यक्रमकाबीच उक्त आवधारणा प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा आगामी बर्षको नीति तथा कार्यक्रममा पिनले गरेको प्रस्तावलाई सम्बोधन हुने आश्वासन पाएको अध्यक्ष पौडेलले बताउनुभयो ।

शनिबार, जेठ १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]