०४ आश्विन २०७८, सोमबार
विवादास्पद बोलेकी वर्षा राउतले माफी मागिन

सामाजिक सञ्जालमा माफी माग्दै स्टाटस्

Darshan Daily

१ वर्ष अगाडि

नेपाल–भारतबीच​को सीमा विवादबारे दिएको बयानका कारण विवादास्पद बनेकी वर्षा राउतले माफी मागेकी छिन् । विशेषगरी भारतीय सञ्चारमाध्यमले नेपाल–भारत सीमा विवादबारे अतिरञ्जित बनाउने काम गरेकाे भन्दै नेपालमा मात्र नभइ केही भारतीय नागरिकले पनि आलाेचना गरिरहेका छन् ।
यही क्रममा अभिनेत्री वर्षा राउत पनि आफ्नाे बयानका कारण विवादमा तानिएकी थिइन् तर अहिले उनले माफी माग्दै आउँदा दिनमा यस्ताे गल्ती नगर्ने बताएकी छिन् । उनले आफू अलि भावुक स्वभावकाे रहेकाे र बाेल्दै जाँदा जिब्राे चिप्लिएकाे प्रतिक्रिया दिएकी छिन् ।
वास्तवमा हिजाे एउटा अन्तर्वातामा उनले भनेकी थिइन्, ‘सीमा विवादलाई लिएर एकआपसमा लडेर काम छैन । याे त टेबल टक गरेर सुल्झ्याउने विषय हाे । यसले गर्दा मलाई मेरा भारतीय साथीसँग कसरी कुरा गर्ने भन्नेबारेमा चिन्ता भइरहेकाे छ ।’
उनकाे याे भनाइकाे चाैतर्फी विवादपछि उनले सामाजिक सञ्जालमा माफी माग्दै स्टाटस् लेखेकी छिन् ।

बुधबार, जेठ १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]