२६ माघ २०८१, शनिबार

Darshan Daily

५ वर्ष अगाडि

काठमाडौं, १८ जेठ । लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ ।
उहाँको ललितपुर बागडोल स्थित निवासमा आइतबार सवा ११ बजे निधन भएको हो ।
प्यारालाईसिस रोगबाट ग्रसित उहाँलाई सुगर, उच्च रक्तचापलगायतको रोगसमेत रहेको थियो । ८० वर्षिय ठकुरी छोरीका साथमा बस्दै आउनु भएको थियो ।
ठकुरीले फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरु गरे भने ‘भाग्य रेखा’, ‘युद्ध’, ‘फेरि भेटौँला’, ‘विश्वास’, ‘मायालु’, लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ र पाकिस्तानी फिल्ममा समेत अभिनय गरेका थिए । फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् ।
उहाँको आइतबारनै पशुपति आर्यघाटको विद्युतीय शव गृहमा अन्त्येष्टी गरिने भएको छ ।
कलाकार चन्दकी एक छोरी र श्रीमती रहेका छन् ।

आइतबार, जेठ १८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]