०३ फाल्गुण २०८१, शनिबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, १३ जेठ । नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाले चिकित्सकहरुलाई मास्क र स्यानिटाईजर वितरण गरेको छ ।
उक्त सामग्री मंगलबार नेपाल चिकित्सक संघ, कोशी शाखाले हिमानी ट्रष्टको सहयोगमा निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै विरामीको उपचारमा खटिईरहनु भएका चिकित्सकहरुलाई मास्क र स्यानिटाईजर वितरण गरेको हो ।
विराटनगरका अस्पतालहरुमा कार्यरत करिब ४ सय चिकित्सकहरुलाई मास्क र स्यानिटाईजर वितरण गरेको संघले जनाएको छ ।
सामग्री वितरणका लागि नेपाल चिकित्सक, कोशी शाखाका अध्यक्ष डा. फरवार्ड सिलवाल, कोषाध्यक्ष डा. सुनिल रेग्मी र नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीका सदस्य डा. हिमलाल भण्डारीले विराटनगरमा रहेका अस्पतालहरुमा पुगेर उक्त सामग्रीहरु चिकित्सकहरुलाई प्रदान गर्नु भएको छ ।

मंगलबार, जेठ १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]