अहिले कोरोना महामारीको संक्रमण र लकडाउनको मारले संसार तबाह र बर्बाद भईरहेको छ । कोरोना महामारीबाट बच्न विकल्पमा लकडाउन रोजियो । जुन चाइनिज मोडेल हो । चाईनाबाट शुरू भएको कोरोना संक्रमण र लकडाउन पद्धतिका कारण अहिले विश्व मानवीय र आर्थिक रूपमा ध्वस्त भईसकेका छन् ।
शुरूमा चाईनामा फैलिएको कोरोना संक्रमण महामारीको रूप लिएपछि चाईनाले नै सर्वप्रथम लकडाउन मोडेलको विकास गरे । तर चीनले गरेको लकडाउनको तरिका र व्यवस्था जसरी थियो, लकडाउनका जुन(जुन शर्त थियो । त्यसलाई अबलम्बन गर्ने गरि लकडाउन गरेका देशहरूले लकडाउनबाट फाईदा लिएका छन् ।
तर हामीले चाईनाले विकास गरेको लकडाउनको मोडललाई अपनाए र सरकारले लकडाउनको घोषणा गरि पालना गराउन सुरक्षा निकाय पनि परिचालन गरे । तर लकडाउनको अवधिभर चीन सरकार जनताप्रति जुन राजकीय जिम्मेवारी वहन गरेका थिए, त्यसको १०५ जिम्मेवारी पनि हाम्रो सरकारले वहन गर्न सकेन् ।
चीनमा सरकारले लकडाउनको अवधिभर प्रत्येक घरलाई चाहिने खाद्यान्न र घरमा बसेर आवश्यक खर्च हुने सबै सामग्रीको सुरक्षित र किटानुरहित व्यवस्था गरेका थिए । कसैलाई कुनै किसिमको उपचारको आवश्यकता पर्दा घरबाट चिकित्सकले अस्पताल लगि उपचारको व्यवस्था गर्थे । भनाईको अर्थ, व्यक्तिलाई सबै आवश्यकता सरकारले घरमा नै पुर्ति गरेका थिए । अनि व्यक्तिलाई घर बाहिर निस्कनु पर्ने आवश्यकता नै भएन र सरकारी आह्वानलाई त्यहाँका जनताले पुर्ण रूपेन पालना गरे ।
हामी लगायतका केही देशहरूमा भएको लकडाउन नामको मात्र भयो । सरकारले लकडाउनको घोषणा त गरे तर लकडाउन सफल बनाउन सरकारले वहन गर्नुपर्ने जिम्मेवारी वहन गर्न सकेन । व्यक्तिको आफ्नो आवश्यकता पूरा गर्न घर बाहिर निस्कनु पर्नेभयो । सुरक्षा निकायले जतिसुकै बल प्रयोग गरे पनि व्यक्ति आफ्नो दैनिक आवश्यकता पुर्तिका लागि बजार र बैंकसम्म पुगे ।
जहाँ संक्रमणको आशंका थियो । व्यक्तिले प्रयोग गर्ने एटीएम, खरिद गर्ने किराना सामान, तरकारी जस्ता आवश्यक सामग्री कति सुरक्षित रहेको वास्ता समेत गरेन् । आवश्यकताका लागि खरिद गरिएका सामग्री कति जनाले छोएको, कति ठाउँबाट कसरी ढुवानी भएको हरूरूो, त्यसमा कोरोना भाईरसको संक्रमण छ वा छैन्, त्यसबारे अनभिज्ञ नै रहे ।
पसलमा उपलब्ध किराना लगायतका सामग्री र तरकारीलाई सयौं व्यक्तिले छोएको हुन्छ भने हामीले प्रयोग गर्ने कागजको नरूरूोट कसरी र कहाँकहाँ हुँदै आएको छ, त्यसलाई कसरी सुरक्षित मान्ने भने प्रश्न हुदाँहुदैँ पनि खरिद गर्न र प्रयोग गर्न बाध्य भए । बजारमा सामान किन्न जादाँ भीडभाड त्यतिनै हुन्थ्यो भने लकडाउनमा सरकारले बाडेको राहत सामग्री पनि कति सुरक्षित हो भन्न सकिन्न । त्यसमा पनि राहत लिनेको भीड र राहतमा भएको विवादले सामान्य अवस्था जस्तै चर्काचर्की, भीडभाड र नारा जुलुस भयो ।
हामी जति सुकै लकडाउनको कुरा गरे पनि हामी लकडाउनको शर्त स्वीकार गर्न सकेनौं । यस्तरूो अवस्थामा हामी लकडनउनमा छौं, कसरी भने ? लकडाउनबाट फाईदा लिन लकडाउनको शर्त स्वीकार गर्नु पर्दछ । शुरूमा सरकारले लकडाउन जारी गर्दा सबैले त्यसलाई सकारात्मक रूपमा लिए । तर व्यक्तिको आवश्यकता पुर्तितर्फ सरकारले कुनै ध्यान नदिदाँ व्यक्ति बाहिरिन बाध्य भए र व्यक्तिले लकडाउनकरूो शर्त उलंघन गरे ।
अब अवस्था यतिसम्म भएको छ कि जनता लकडाउनबाट पिडीत भएका छन् । केही हुनेखाने वाहेक अन्य सबैको दैनिकी कष्टकर बनेको छ भने जनता लकडाउनको विरोधमा उत्रिन बाध्य बनेका छन् ।
चीनमा लकडाउन गर्दा संक्रमण घटेको थियरूो भने हामी कहाँ यति लामो समयसम्म लकडाउन गर्दा भने संक्रमण झन बढेको छ । त्यसले के संकेत गर्छ कि हामीले लकडाउन सफल गर्न सकेनौं । लकडाउन हाम्ररूो हितमा भएन । लकडाउनले हामीले संक्रमण रोक्न सकेनौं तर लकडाउनले हाम्रो आर्थिक कमर भाँचि दियो । लकडाउनले हामीलाई दोहरो घाटा पुर्यायो । एकातर्फ हाम्रो संक्रमणलाई रोक्न सकेन् र अर्कोतर्फ हाम्रो आर्थिक रीढ भाँचि दियो ।
त्यसैले मैले शुरूदेखि नै भन्दै आईरहेका छौं कि लकडाउनको विकल्प खोजौं । हामी लकडाउनलाई सफल बनाउने हैसियतमा छैनौं । हाम्रो हैसियत अनुसार अर्को विकल्पतर्फ सोच्नुपर्ने हुन्छ । हामी कसरी बच्ने भने उपायको खोजी स्वास्थ्य र आर्थिक विज्ञ, विश्लेषकहरूसँग गर्नुपर्छ ।
तर यहाँ सरकारको जयजयकार गर्ने चाकर विज्ञ र विश्लेषकको मात्र कुरा सुन्दा सरकार कोरोनाको मामिलामा असफल भएको छ । तर पनि सरकार निर्लज्ज भई आफ्नो कुरालाई अगाडि बढाईरहेका छन् । करूोररूरूरूोनाकरूो क्षेत्रमा दिनरात फ्रन्टमा बसेर काम गर्ने डा. रञ्जु झाको टीमलाई त्यही चाकर विज्ञको सल्लाहमा स्पष्टीकरण सरूोध्ने काम भएको छ ।
सरकारले हामीलाई लकडाउनमा राख्न सकेन र हामी बाहिरियौं । अब हामी बाहिरी सकेको हुनाले हामीलाई लकडाउनको नाममा बन्धक बनाउनु जीवनसंग नै खेलवाड गर्ने सरह हुन्छ । हामी लकडाउनमा सचेत हुन र सुरक्षित बस्न सिक्यौं ।
अब लकडाउनलाई हटाई हामी सुरक्षित आफ्नो कारोवार कसरी गर्ने भन्नेतर्फ सरकारले सोच्नुपर्ने अनिवार्य बनेको छ । सरकार अब पनि लकडाउनको विकल्प दिएन भने जनता मार्ने कार्य मात्र साबित हुनेछ । अनि जनता सोच्न बाध्य हुन्छन, ’मरता क्या न करता’ !
(लेखक, लोक दलका अध्यक्ष हुन्)
(मधेश दर्पण फिचर सेवा)