०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, ३० चैत । स्रोत नखुलेको भारतीय रुपैंयासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिराटनगर–१५ बाट भारतबाट नेपालतर्पm आउँदै गरेका चार जनालाई इलाका प्रहरी कार्यालय रानीले स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैंयासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत बिहार राज्य सहरसा जिल्लाको मनोहर गाउँ वडा नं. १४ का अभिनाष मुखिया, विष्णुदेव मुखिया, सुनसरी वर्जु गाउँपालिका–१ का सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव रहेका छन् ।
श्रोत नखुलेको भारतीय रुपैंयासहित नियन्त्रणमा लिईएकाहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।

बिहिबार, बैशाख ०१, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]