१० बैशाख २०८२, बुधबार

रासस

४ वर्ष अगाडि

काठमाडौं, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा सोमबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजया दशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरू उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरूलाई पनि टीका लगाइदिनुभयो ।

सोमबार, कार्तिक १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]