१० बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, ३ कार्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनु भएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयद्वारा सोमबार आयोजित नेपाली भाषाः चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले प्रविधिका र विश्वव्यापीकरणका कारण भाषिक चुनौति थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय शब्दलाई स्वीकारर्नुपर्ने अवस्था पनि छ ।’ अंग्रेजीबाट सिकेको कुरा मात्र सहि हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो । सिकाई कुनैपनि भाषा र माध्यमबाट हुनसक्ने भन्दै मन्त्री घिमिरेले भन्नुभयो, ‘अंग्रजी नै सबै कुरा होईन ।’ सिकाईका कुनैपनि माध्यमहरु हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । नेपाली भाषाबाट काम गर्नसक्ने क्षेत्रहरुको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्ने मन्त्री घिमिरेले बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. टंकप्रसाद न्यौपाने र डा. रमेश घिमिरेले नेपाली भाषाः चुनौति र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका विज्ञहरुले टिप्पणी गरेका थिए ।

सोमबार, कार्तिक ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]