बिराटनगर, २ कार्तिक । प्रहरीले विशेष सूचनाका आधारमा मदिरा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले शुक्रबार को२ह ३७९२ नम्बरको टेम्पोलाई रोकी चेक जा“च गर्दा ८० हजार मूल्य बराबरको मदिरा बरामद गरेको हो ।
प्रहरीले २० काटुन फोर स्टार बियर, १ काटुन गोल्डेन अक, १० कार्टुन उमंग, २ बोतल सिंग्नेचर मदिरा बरामद गरेको हो ।
प्रहरीले वरामद गरेको मदिरा आवश्यक कार्वाहीका लागि बिराटनगर भन्सार कार्यालय रानी बिराटनगर बुझाउने जनाको छ ।