०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, २ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) एकीकृत भएपछि बनेको राप्रपा मोरङको जिल्ला कार्यसमिति समायोजन भएको छ ।
राप्रपा मोरङको जिल्ला पार्टी समायोजन बैठकले डा. दुर्गाबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सह–अध्यक्षद्वय माधवप्रसाद आचार्य र दुर्गा कार्की, उपाध्यक्ष कर्णबहादुर थापा तथा सचिवमा चन्देश्वर शर्मा चयन भएका छन् ।
विराटनगरमा भएको समायोजनको बैठकले जिल्ला, क्षेत्र, नगर तथा गाउँ समिति सबै तहका कार्यसमितिका पदाधिकारी सदस्यहरू यथावत कायम रहने सर्वसम्मत निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य प्रह्लादप्रसाद साहको प्रमुख आतिथ्यमा भएको समायोजना कार्यक्रममा केन्द्रीय सदस्य, राजेन्द्रकुमार बस्नेत, विश्वमोहन थापा, नरेशकुमार राई, उद्धवचन्द्र घिमिरे, आरती गेलाल र प्रतीक शर्माले शुभकामना दिएका थिए ।

आइतबार, कार्तिक ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]