०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २ कार्तिक । प्रदेश १ मा आइतबार ४७४ जना कोरोना संक्रमित थपिए छन् ।
मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेह्र्रथुम, पाँचथर र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ५७, इनरुवामा ९, रामधुनीमा ७, दुहवीमा ५, धरानमा ४, बर्जु र गढीमा २–२, हरिनगर, बराहक्षेत्र, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता झापाको भद्रपुरमा १५, दमकमा १३, विर्तामोडमा १२, मेचीनगरमा ९, गौरादह र अर्जुनधारामा २–२, कमल, झापा गाउँपालिका र बाह्रदशीमा १–१, उदयपुरको कटारी र त्रियुगामा १३–१३, उदयपुरगढी, बेलका र चौदण्डीगढीमा १–१, इलामको इलाममा ४, फाकफोकथुम, माईजोगमाई र सूर्योदयमा १–१, संखुवासभाको चैनपुर र मकालु २–२, खाँदबारीमा १, भोजपुरको अरुण र भोजपुरमा १–१, धनकुटाको छथरमा १, तेह्रथुमको लाली गुराँसमा १, पाँचथरको फिदिममा १ र ओखलढुंगाको मानेभन्ज्याङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६५६ पुगेको छ ।
प्रदेश १ मा आइतबार १५ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५७५ पुगेको छ ।
प्रदेश १ मा आइतबार १ हजार ४६८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला र ३२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आइतबार, कार्तिक ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]