०५ साउन २०८१, शनिबार

रबिन्द्र बराल

४ वर्ष अगाडि

रंगेली, २७ असोज । रंगेली नगरपालिका–८ स्थित दर्वेशा चोकमा पहिलो पटक खुल्ला ब्यायमशाला (जिमखाना) संचालन आएको छ ।
रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले मंगलबार खुला जिमखानामा रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
नगरपालिकाले पहिलो पटक बडा नम्बर ८ मा खुल्ला व्यायमशाला संचालनमा ल्याउन सफल भएको छ । अत्यधुनिक सेमिनको प्रबिधिबाट युवा, वृद्घ महिलाहरुलाई स्वास्थ्य र स्फुर्त राख्नका लागि व्यायमशाला संचालनमा ल्याएकोे मेयर बगडियाले बताउनु भयो ।
उहाँले अब बाँकी रहेका सबै बडाहरुमा खुला व्यायमशाल संचालनमा ल्याउने तयारीमा रहेकोे बताउनु भयो ।
नगरपालिकाले ५ लाख रुपैंया लागतमा खुल्ला जिमखाना संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथि बगडिया, बिशिष्ट अतिथि केदारचन्द राजबंशी, बडा अध्यक्ष ढकप्रसाद आचार्य, वडा सदस्य मिरा दाहाल, स्थानीय गुरुप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

मंगलबार, आश्विन २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]