२० मंसिर २०८१, बिहिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २४ असोज । प्रदेश १ मा शनिबार ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
सुनसरीमा ३१०, मोरङमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुंगामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा २२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ९१ म्हिला र १२९ पुरुष छन् । सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १–१ जना, मोरङको विराटनगरमा १४५, बुढीगंगामा १३, सुन्दरहैंचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३–३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २–२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।
उता झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १–१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुंगामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ हजार ८९२ पुगेको छ ।
प्रदेश १ मा शनिबार ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७८६ पुगेको छ ।
प्रदेश १ मा शनिबार १ हजार ६४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९४ महिला र ३५८ पुरुष रहेका छन् । हालसम्म १ लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शनिबार, आश्विन २४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]