०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

काठमाडौ., २० असोज । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले कक्षा ७ को नेपाली विषयको पाठ्यपुस्तकको पर्यटनसम्बन्धी गलत सन्देश सच्याउन पाठ्यक्रम विकास केन्द्रको ध्यानाकर्षण गराएको छ ।
केन्द्रले २०७१ सालमा प्रकाशन गरेको प्रा. डा. बद्रीविशाल भट्टराई र लालनाथ सुवेदीले लेख्नुभएको उक्त विषयको पाठ चारको पेज नं. २७ मा चितवनको वाल्मीकि आश्रमलाई पर्सामा पर्ने भनिएको छ भने तनहुँतर्पmको देवघाटलाई चितवनमा पर्ने भनिएको छ ।
महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले सोमबार केन्द्रलाई ध्यानाकर्षणपत्र पठाई यथाशीघ्र गल्ती सच्याएर पठनपाठन गराउन विद्यालयमा निर्देशन दिन माग गरिएको छ ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]