१० बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

ओखलढुंगा, २० असोज । यौन दुव्र्यवहारको आरोपमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् ।
स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजूरीका आधारमा उहाँलाई प्रहरीले पक्राउ गरेको हो ।
मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताउनुभयो । ‘करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले भन्नुभयो, ‘अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।’ घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।
अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

बुधबार, आश्विन २१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]