संघ ५०, प्रदेश ४० र स्थानीय तह १० प्रतिशत रकम व्यहोर्ने
विराटनगर, १९ असोज । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्न सोमबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
पूर्व क्षेत्रको सबैभन्दा पुरानो विराटनगर विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यवसायीहरूले माग राख्दै आएका छन् ।
हाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएमा यहा“बाट बंगलादेश, भारतका विभिन्न राज्य, भूटान र सिक्किमस“ग सिधै हवाई यात्रा गर्न सकिने छ । विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति गर्नका लागि प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझादारीपत्रमा प्रदेश सरकारका तर्पmबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काप्mले, नेपाल सरकारका तर्पmबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्पmबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
हस्ताक्षरपछि विमानस्थलको मौजुदा धावन मार्गलाई तीन हजार मिटरको बनाउने, धावन मार्गका लागि चाहिले जग्गा अधिग्रहण गर्ने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने जस्ता कार्य रहेको छ भने यसमा नेपाल सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने प्रावधान राखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो कार्यक्रमको उद्घाटन गर्दै हाम्रो संघीयता मित्रत्व प्राणालीमा आधारित रहेको बताउनु भएको छ । उहा“ले मुलुकको तीव्र गतिमा विकास गर्न तीनै तहका सरकार सार्वभौम छन् भन्दै विराटनगर विमानस्थलको स्तरोन्नतिले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।
मन्त्री भट्टराईले विराटनगर विमानस्थल आन्तरिक र बाह्य दुबै विमानको ‘हब’ बन्न सक्ने बताउ“दै धार्मिक, पर्यटकीय, भौगोलिक तथा शक्तिपीठले मात्र नभई यो प्रदेश संस्कृति, सभ्यता र प्रकृतिले भरिपूर्ण छ भन्नुभयो ।
मन्त्री भट्टराईले काठमाडौ“ बाहिर अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको गौतमबुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । उहा“ले नेपाल सरकारले प्रत्येक प्रदेशमा हिल स्टेसन बनाउने नीति लिएको चर्चा गर्दै कोभिड–१९ को महामारीको समयमा पनि सडक, ऊर्जा, विमानस्थलको काम नरोकिएको बताउनुभयो ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन प्राथमिकतामा राखेको बताउनुभयो । उहा“ले धार्मिक, सांस्कृतिक र ऐतिहासिकताले भरिपूर्ण यो प्रदेशमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वच्छ, सुखी र समुन्नत प्रदेशको आकांक्षा पूरा गर्न बल पुग्ने विश्वास व्यक्त गनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले यस प्रदेशमा १४ वटा विमानस्थल रहे पनि पा“च वटा मात्र संचालनमा रहेको जानकारी दि“दै विराटनगर विमानस्थलको भौतिक पूर्वाधार एवं धावन मार्ग विस्तार गर्न केही समय पहिले साढे चार बिघा जमीन अधिग्रहण भइसकेको बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर विमानस्थलको स्तरोन्नतिपछि यस प्रदेशको विकासमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।