३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १७ असोज । प्रदेश १ मा शनिबार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो ।
सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुंगामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसरीकै दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १–१ महिला, स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १–१ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला २ पुरुष, ओखलढुंगामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।
प्रदेश १ मा शनिबार २८७ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट २६३, वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९–९, गढी आईसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ ।
प्रदेश १ मा शनिबार १ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

शनिबार, आश्विन १७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]