काठमाडौं, १४ असोज । नेपाली बजारमा बुधबार पहेंलो धातुको मूल्य सामान्य वृद्धि भएको छ ।
मंगलबार प्रतितोला ९ सयले वृद्धि भएको सुनको मूल्यमा बुधबार प्रतितोला ५ सयले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय तोकेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले वृद्धि भई एक हजार १ सय ९० पुगेको छ ।