०८ चैत्र २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १४ असोज । प्रदेश १ सामाजिक विकास मन्त्रालयले एक सडक आश्रित महिलाको उद्दार गरेको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुशल साम्वालगायतको टोलीले बुधबार मोरङको बुढीगंगा–१ बाट २१ बर्षीया धना विश्वकर्माको उद्दार गरेको हो ।
स्थायी ठेगाना बताउन नसक्ने उनी करिव एक सातादेखि सडकमा बसेको स्थानीय यूवाहरुले मन्त्रालयलाई जानकारी गराएपछि उद्दार गरिएको हो ।
सडकबाट उद्दार गरी प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाव परीक्षण गरी आईसोलेसनमा राखिएको छ । कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लगिने मन्त्रालयले बताएको छ ।
महिलाको उद्दार गर्दै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताउनुभयो ।

बुधबार, आश्विन १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]