३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

बिराटनगर, १४ असोज । युएईमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको सट्टेवाजी खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले मंगलबार अनलाइनमार्पmत सट्टेवाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बिशेष सूचनाको आधारमा बिराटनगर–१५ भट्टी मोडका मुन्ना भन्ने सत्यजित साहलाई साढे ७ बजे घरमा मोबाईलमार्पmत आइपिएल खेल हार्ने वा जित्ने भनी अनलाइनमार्पmत सट्टेवाजी गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा विराटनगर–१७ रानीका जगदिश साहलाई ईलाका प्रहरी कार्यालय रानी अगाडीबाट साढे ९ बजे र विराटनगर–१५ रानीका बैजनाथ साहलाई उनकैै घरबाट राति १० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सत्यजितको साथबाट निलो रंङको स्यामसुङको मोबाईल १, ६० हजार नेपाली रुपैंया र डेल कम्पनीको ल्यापटप १ नियन्त्रणमा लिएको थियो । त्यसैगरि जगदिशको साथबाट स्यामसुङको मोबाईल १ र आर १५ मोटरसाइकल १ र बैजनाथको साथबाट मोवाइल १ थान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरु तीनै जनालाई जुवा वा सट्टेवाजी खेल मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, आश्विन १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]