२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १३ असोज । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ ।
झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको छ । हालसम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, तेह्रथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् ।
मन्त्रालयकाअनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २९ महिला र ३२ पुरुष छन् । मोरङको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, सुन्दरहरंैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा २ महिला ५ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, तेह्रथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ ।
प्रदेश १ मा मंगलबार १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुंगाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ ।
प्रदेश १ मा मंगलबार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २२ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मंगलबार, आश्विन १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]