विराटनगर, १२ असोज । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुंगामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७ महिला, ७ पुरुष, इटहरीमा २ महिला, ९ पुरुष, दुहवीमा ३ महिला, ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ६ महिला, १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला, १ पुरुष, सुन्दरहरैंचामा १ महिला, १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, २ पुरुषमा संक्रमण देखिएको छ ।
उता ओखलढुंगाको सिद्धिचरणमा १ महिला, २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीय तह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय १९ पुगेको छ ।
प्रदेश १ मा सोमबार ४४ जना डिस्चार्ज भएका छन् । वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आईसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् ।
हालसम्म २ हजार ८ सय ६८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबार ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २७ महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २१ हजार ९ सय १२ जनाको पीसीआर परीक्षण भएको छ ।