२१ कार्तिक २०८१, बुधबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

विराटनगर, १० असोज । कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित बिषय हटाउ नहुने भन्दै नेपाल गणित समाज प्रदेश १ ले ज्ञापन पत्र बुझाएको छ ।
समाजले शनिबार प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई पाठ्यक्रमबाट गणित विषय नहटाउन माग गर्दै ज्ञापन पत्र बुझाएका हो ।
केन्द्रको आन्दोलन कार्यक्रमअन्र्तगत समाजले प्रदेशका सामाजिक विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाल गणित समाज प्रदेश १ का अध्यक्ष डा. मनोजकुमार राउतले बताउनस भयो ।
निहीत स्वार्थ परिपूर्तिका लागि विद्यार्थीलाई उत्तीर्ण गराउने मात्र उद्देश्य राखेर गणित विषयको महत्वलाई वेवास्ता गरी बिषय नै प्रतिस्थापन गर्ने दिशातिर सरकार उन्मुख भएको भन्दै
ज्ञापन पत्रमा ‘राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषदले हालै तयार पारेको विद्यालय शिक्षाको प्रारुप–२०७६ प्रति समाजले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कक्षा ११ र १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई गणित अध्ययन गर्ने बारेमा अवरोध पु¥याउने रहेको देखिन्छ । विकसित मुलुकहरु ग्णितलाई कसरी सरल बनाउने र अधिक विद्यार्थीहरुको पह“ुचमा पु¥याउने भनि चिन्तन गरिरहेका छन्’ भनिएको छ ।
ज्ञापन पत्रमा ‘हाम्रो जस्तो विकासोन्मुख मुलुकहरु पनि सोही सिको गरिरहेका अहिलेको विश्व परिवेशमा टेक्नोलोजीका कुरा गरेर नथाक्ने हाम्रा जिम्मेवार निकायहरु सीमित व्यक्तिहरुको घेराबन्दीमा र सर सल्लाहमा परेर एकातिर सर्वव्यापी बनाउनु पर्ने गणित माथि प्रहार गर्दैछन्,’ ज्ञापन पत्रमा उल्लेख छ ।

शनिबार, आश्विन १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]