०२ कार्तिक २०७८, मंगलबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, १० असोज । प्रदेश १ मा शनिबार १ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ६४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा २६ महिला र ३८ पुरुष छन् । मोरङको बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला १ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको धरानमा ३ महिला ८ पुरुष, इटहरीमा ४ महिला ६ पुरुष, गढी र बर्जुमा १–१ महिला, दुहवीमा १ पुरुष, झापाको विर्तामोडमा १ महिला २ पुरुष, भद्रपुरमा १ महिला १ पुरुष, कचनकवल र कनकाईमा १–१ पुरुष, भोजपुरमा १ महिला र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५५ पुगेको छ ।
प्रदेश १ मा शनिबार १ सय १९ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ८९, विराट मेडिकल कलेजबाट १९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाँउबाट ५, नोवेल मेडिकल कलेजबाट ३, भानुजन मावि आईसोलेसन, ताप्लेजुङ, बैजनाथपुर आईसोलेसन, विराटनगर र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १–१ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय ८८ पुगेको छ ।
प्रदेश १ मा शनिबार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४१ महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २० हजार २३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

शनिबार, आश्विन १०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]