३० आश्विन २०७८, शनिबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, ९ असोज । प्रदेश १ मा शुक्रबार ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरंैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको इटहरीमा २ महिला १३ पुरुष, दुहवीमा २ महिला २ पुरुष, इनरुवामा १ महिला २ पुरुष, बर्जुमा १ महिला १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ४९ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ३८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट ९, गढी आईसोलेसन केन्द्रबाट ८, होम आईसोलेसनबाट ८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ६, न्युरो अस्पताल विराटनगरबाट ४, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ ।
प्रदेश १ मा शुक्रबार ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १९ हजार ४ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार, आश्विन ०९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]