१० बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, ४ असोज । प्रदेश नं १ को प्रदेश पाश्र्वचित्र आइतबार सार्वजनिक भएको छ ।
यस प्रदेशको आर्थिक, सामाजिक, पूर्वाधार, वातावरणीय तथा सुशासनलगायतका विषयबस्तुहरुको विभिन्न स्रोतहरुबाट प्रकाशित तथ्याङकहरु संकलन तथा विश्वेषण गरी एकीकृत बस्तुस्थिति, विवरणहरु यस पाश्र्वचित्रमा समावेश गरिएको छ ।
प्रदेशको आधारभूत सूचनाहरुको एकीकृत बस्तुस्थिति विवरण तयार पार्नु, नेपालको विभिन्न सूचकहरुको स्थितिमा प्रदेशको स्थितिको तुलनात्मक अवस्था प्रस्तुत गर्नु र प्रदेश तथा स्थानीय तहका योजना, नीति निर्माण तथा कार्यक्रम तर्जुमा गर्नका लागि आवश्यक आधारभूत सूचनाहरु उपलव्ध गराउनु पाश्र्वचित्रको उद्देश्य रहेको छ ।
मुख्यमन्त्री शेरधन राईले संविधान दिवसको उपलक्ष्यमा प्रदेश सरकार र प्रदेश योजना आयोगद्वारा आइतबार बिराटनगरमा आयोजित प्रदेश पाश्र्वचित्र तथा बार्षिक विकास कार्यक्रम आर्थिक वर्ष २०७७÷७८ पुस्तक सार्वजनिक गर्नु भयो ।
उहाँले प्रदेश सरकार जनताले चाहेको विकास र समृद्धि पस्कन सक्षम रहेको बताउँदै प्रदेश निर्माण भएको अवधिदेखि अहिलेसम्म विकास कार्यमा सरकार सही दिशातर्पm अगाडि बढेको तथ्यांकले प्रष्ट पारेको छ भन्नुभयो ।
मुख्यमन्त्रीले राईले पाश्र्वचित्रले प्रदेश सरकारले आगामी दिनमा नीति कार्यक्रम तथा बजेट निर्माण गर्न तथा विकास र समृद्धिको सूची तयार गर्न सही मार्गदर्शन प्राप्त भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले केही दिनभित्रमा प्रदेश सरकारले २८ महिना अवधिमा गरेका कामका विषयमा जनतासमक्ष उपलव्धी सार्वजनिक गर्ने जानकारी दिँदै यसबाट हामीलाई हाम्रो कमी कमजोरीलाई सुधार गरी उपलव्धीहरुलाई संरक्षण गरी अगाडि बढ्न बल पुग्ने धारणा राख्नु भयो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले विकास कार्यमा हासिल गरेको उपलव्धीबाट जनतामा उत्साह जागृत भएको चर्चा गर्दै पूर्वाधार विकास निर्माणबाट जनताले प्रत्यक्षरुपमा अनुभूति गरिरहेको गरेको विचार राख्नु भयो ।
उहाँले प्रदेश संघीयताको मुट हो र जनताको भावना, चाहना, भुगोल, माटो सुहाउँदो मौलिकताका आधारमा संघीयता निर्माण गरिएको छ भन्दै यसको मर्म र भावना थाहा नपाएका व्यक्ति वा संस्थाले मात्र यसलाई कमजोर र असफल बनाउन नकारात्मक टिप्पणी गर्ने गरेको धारणा राख्नु भयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले यथार्थताको धारातलमा उभिएर पश्र्वचित्र तयार गर्न आयोगका सम्पूर्ण कर्मचारीहरुको ठूलो योगदान रहेको चर्चा गर्नु भयो ।
आयोगका सदस्य पूर्ण लोक्सोमले पाश्र्वचित्रको महत्वमाथि चर्चा गर्दै सोचमा नवीनता र कार्यमा जिम्मेवारिता वहन गर्न यो तयार गरिएको बताउनु भयो ।

आइतबार, आश्विन ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]