विराटनगर, १ असोज । प्रदेश नं. १ का सभामुुख प्रदिप भण्डारीले भौतिक पूर्वाधार तथा विकास निर्माणका काम गुुणस्तर एवं पारदर्शी हुुनुुपर्ने बताउनुु भएको छ ।
प्रदेशसभा सचिवालय परिसरमा निर्माण हुुनलागेको प्रदेश नं. १ को प्रदेशसभा भवनको बिहीबार शिलान्यास गर्नुुहँुदै उहाँले सम्झौताअनुुसार तोकिएको मितिमा निर्माणको काम सम्पन्न गर्न आग्रह गर्नुुभयो । उहाँले भवनको शिलान्याससँगै प्रदेशसभा कहाँ बनाउने विषयको समेत टुुंगो लागेको बताउनुुभयो ।
अब बस्ने प्रदेश सभा नयाँ भवनमा संचालन गर्ने गरी काम अघि बढाउने विषयमा निर्माण कम्पनीसँग सम्झौता भएकाले शुक्रबारदेखि नै काम अघि बढाउनुुपर्नेमा उहाँले जोड दिनुुभयो ।
आन्तरिक मामिला तथा कानुुन मन्त्री हिक्मत कार्कीले आगामी बस्ने प्रदेश सभाको बैठकले प्रदेश नं. १ को नामांकनको विषय टुुंगो लगाउने दावी गर्नुुभयो । राजधानीको विषय टुुंगो लागि सकेकाले राजनीतिक दलको सहमतिमा प्रदेशको नामांकनको विषय पनि टुंगो लाग्ने उहाँको भनाई थियो । उहाँले कोभिड–१९ नियन्त्रण तथा रोकथाम सँगै प्रदेश सरकारले सावधानी अपनाउँदै विकास निर्माणका कामलाई उल्लेखनीय रुपमा अघि बढाई रहेको बताउनुुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुुर आङ्वोले प्रदेश नं. १ मा उल्लेखनीय रुपमा भौतिक पूर्वाधार तथा विकास निर्माणका कामले गति लिएको बताउनुुभयो । उहाँले प्रदेश सरकारले थुुप्रै पूर्वाधार निर्माणका कामलाई पूर्णता दिएको बताउनुभयो ।
कार्यक्रममा उपसभामुुख सरस्वती पोखरेल, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला प्रदेश सभा सदस्य जयराम यादव तथा प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुुलीले सम्झौता अवधिमै भवन निर्माणको काम सम्पन्न हुुने विश्वास व्यक्त गर्नुुभयो ।
२ करोड ५१ लाख रुपैंयाको लागतमा निर्माण हुुने सो भवन आगामी ६ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको सचिव पराजुुलीले बताउनुुभयो ।