२१ कार्तिक २०८१, बुधबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

रंगेली, ३१ भदौ । मोरङको रंगेली नगरपालिका–७ स्थित तित्री टोलमा बसोबास गर्दै आएकी ३२ वर्षीया रम्भादेवि मण्डल बिगत एक वर्षदेखि घिस्रिएर हिंड्न बाध्य रहेकि छन् ।
गत माघ महिनामा आगो ताप्ने क्रममा उनको साडीमा आगो सल्किएर दुबै खुट्टाको घु“डा मुनिको भाग जलेको थियो ।
साडी पग्लिएर दुबै खुट्टा जलेपनि समयमै उपचार नहु“दा अहिले उनी घिस्रिएर हिंड्न बाध्य भएकि छन् । १२ बर्ष अगाडिदेखि उनी सुस्त मनस्थिति भएपछि श्रीमान अर्जुन मण्डलले समेत उनलाई छाडिदिए । अहिले ७० बर्षिया वृद्ध आमाको सहारामा उनी बस्न बाध्य रहेकि छन् । उनको १७ बर्ष र १४ बर्षका दुई छोरा भएता पनि आमा सुस्त मनस्थिति र हिंडडुल गर्ने छाडेपछि छोराहरु समेत रतुवामाई नगरपालिकाको सोनापुरमा बुवासंगै बस्दै आईरहेका छन ।
आमा मुसर्नियादेवि मण्डल अहिले ३२ बर्षिया छोरी रम्भादेवीको स्याहारसुसार गर्न बाध्य भईरहेकि छन् । ज्वाईं अर्जुनले छोरीलाई १२ बर्षदेखि बेवास्ता गर्दै आईरहेता पनि बिगत एक बर्षदेखि छोरीको दुबै खुट्टासमेत नचल्ने भएपछि उनलाई उपचार नगराएर आपूmसंग छाडिदिएको आमा मुसर्नियादेवीले दुखेसो पोखिन् ।
१० घुर जग्गामा सानो झुपडी बनाएर बस्दै आएका आमा छोरी एउटा कोठामा बस्दै आईरहेका छन् । आपूm दैनिकी अरुको घरमा गएर सामान्य काम गरेर जीवन चलाउ“दै आएकि आमालाई अहिले छोरीको समेत पालनपोषण गर्नका लागि काम गर्ने समेत जान छाडे पछि सा“झ बिहान उनको घरमा खानका लागि चामल, दाल, तेलसमेत नरहेको आमाले बताईन् । उनको मासिक बिधुवा भत्ता आउने गरेता पनि छोरीका लागि सामान्य उपचार गर्ने र गाउ“ घरमा लिएको ऋण तिर्दै आईरहेको उनले बताईन् । उनको ४ महिनामा ८ हजार रुपैंया भत्ता आउने गरेको र आफ्नो दैनिकी खाद्यन्नका लागि उनले गाउ“ घरमा २÷४ हजार रुपैंया ऋण लिने गरेको र भत्ता आए पछि ऋण तिर्ने गरेको बताईन् ।
अहिले उनको घरमा खाद्यान्नसमेत नभएको र छोरीलाई समेत राम्रो ठाउ“मा उपचार गर्न लैजान पाए छोरी राम्रोसंग हिंडडुल गर्ने भए पनि उनले आफ्नो जीवन आपैm चलाउन सक्ने हुन्छ कि भन्दै बिलौना गरिरहेकि छन् ।

बुधबार, भाद्र ३१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]