१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिएको योगदान महत्वपूर्ण भएको जनाएको छ ।
इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज जारी गरेको विज्ञप्तिमा जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।
सङ्गठनले कोरनो भाइरसबाट बच्न जारी बन्दाबन्दीका अवस्थामा उनको स्मृतिमा प्रदान गरिने केन्द्रीयस्तरको पुरस्कार पछि वितरण गरिने जनाएको छ । विसं २०१३ कात्तिक ३ दिने जन्मिएका ‘इच्छुक’ २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा मारिएका थिए।
उनका शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरि (२०५८) आदि कृति प्रकाशित छन् । सङ्गठनले मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्णपालना गर्दै रचनात्मक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन आग्रह गरेको छ ।

रासस

मंगलबार, जेठ १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]