०५ साउन २०८१, शनिबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, ३० भदौ । नेकपा नगर कमिटीको आयोजनामा कोरोना संक्रमण भएका र संक्रमण मुक्त भएकाहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडिबुटि वितरण गरेको छ ।
नेकपा महानगर कमिटीको आयोजना तथा वडा नं. १० कमिटीको सहभागीतामा सोमबार संक्रमित र संक्रमण मुक्त भएका वडाका वासिन्दाहरुलाई जडिबुटि वितरण गरेको हो ।
कोरोना भाइरसबाट संक्रमित र संक्रमणमुक्त हुनु भएकाहरुलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले जडिबुटी वितरण गरिएको नेकपा वडा नं. १० कमिटीका अध्यक्ष सुरेश भट्टराईले बताउनु भयो ।
उहाँका अनुसार कोभिड–१९ बाट संक्रमित तथा संक्रमण मुक्त हुनुभएका वडावासीहरुलाई गेडागुटी मिश्रण क्वाँटी, च्यवनप्रास, अमृत चिया, बिस्कुट, साबुन, ब्रस, मन्जनलगायतका बस्तु घरदैलोमा पुगी वितरण गरिएको बताउनु भयो ।
सो अवसरमा महानगर कमिटीका अध्यक्ष सागर थापा, सचिव हेम कार्कीलगायतको सहभागिता रहेको थियो ।
यसअघि महानगर कमिटीले सडकमा माक्स वितरण, संक्रमितको घर तथा कार्यालय सेनिटाइज गर्ने, संक्रमितलाई सामाजिक सम्मान गर्ने, स्वागत गर्ने लगायतका कार्यहरु गर्दै आएको थियो ।

मंगलबार, भाद्र ३०, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]