०५ साउन २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

बिराटनगर, २८ भदौ । लोकसेवा आयोग प्रदेश नं. १ ले आइतबार प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी ‘प्यासी’ लाई प्रथम वार्षिक प्रतिवेदन २०७६÷२०७७ बुझाएको छ ।
कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सञ्चार माध्यमद्वारा प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सो विषयमा प्रमुख अधिकारीलाई जानकारी गराउनु भयो ।
प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ ३३ देखि ४१ सम्म ध्यानाकर्षण र सुझाब मात्र रहेको छ । यसलाई मात्र अध्ययन तथा मूल्याङ्कन गर्दा पनि प्रदेश लोकसेवा आयोगलाई काम गर्न सहज नरहेको देख्न सकिन्छ ।
यस विषम परिस्थितिमा पनि प्रदेश लोकसेवा आयोगले प्रथम वार्षिक प्रतिवेदन प्रकाशन गर्न सफल भएकोमा अध्यक्षलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको छ भने प्रदेश लोकसेवा आयोगले गराएको ध्यानाकर्षण र सुझाबहरुलाई सम्बन्धित निकायले समयमै विचार पु¥याए राम्रो हुने धारणा उहाँको रहेको छ ।
प्रदेश लोकसेवा आयोगको सदस्यहरुमा टीकादत्त राई र सजना दाहाल पनि हुनुहुन्छ । लोकसेवा आयोगले वार्षिक रुपमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाउने प्रवधान अनुरुप यो प्रतिवेदन बुझाइएको जनाएको छ ।

आइतबार, भाद्र २८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]