सामाजिक सञ्जालमा माफी माग्दै स्टाटस्
विराटनगर, १४ भदौ । प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा आइतबार ४२ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार महिला र पुरुष २१–२१ को रिपोर्ट पोजेटिभ आएको हो ।
मोरङको लेटाङमा १ महिला, पथरीशनिश्चरे र रंगेलीमा १–१ पुरुषमा संक्रमण देखिएको छ । सुनसरीको दुहवीमा १४ पुरुष, ईटहरीमा ४ महिला ४ पुरुष, इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, बर्जुमा २ र गढीका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको कनकाईमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमा १ पुरुष, स्थानीय तह नखुलेकी १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आजसम्म कोरोना संक्रमित हुनेको संख्या ३ हजार ३११ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट आजसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २३ र ९ जना अन्य प्रदेशका छन् ।
प्रदेश १ मा आइतबार ९ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भएका हुन् । हालसम्म १ हजार ५ सय ३४ पुगेको छ । प्रदेश १ मा आइतबार १ हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८७ हजार ५ सय ९८ जनाको पीसीआर परीक्षण भएको छ ।