०६ बैशाख २०८१, बिहिबार
प्रदेश १ मा ११२ संक्रमित थपिए

विराटनगरमा २१ कोरोना संक्रमण पुष्टि

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, १३ भदौ । प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा शनिबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैंचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ ।
प्रदेश १ मा शनिबार ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय २५ पुगेको छ ।
प्रदेश १ मा शनिबार १ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ८६ हजार ४ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

शनिबार, भाद्र १३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]