०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

१ वर्ष अगाडि

बिराटनगर, १२ भदौ । कोरोना संक्रमणका कारण प्रदेश नं. १ मा शुक्रबार दुई जनाको मृत्यु भएको छ ।
बेलबारी नगर पालिका–५ कि ५६ वर्षिय महिला र सिरहा घर भई हाल विराटनगर–१० बस्ने ६५ वर्षिय महिलाको शुक्रबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी की संक्रमित महिलाको भदौ ९ गते कोशी अस्पताल बिराटनगरमा पिसिआर लिएको थियो । उनको बिहीबार रिपोट पोजेटिभ आई थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो ।
त्यसैगरि बिहीबार विराटनगर–१० कि महिलामा कोरोना पोजेटिभ भई कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराईरहेकोमा शुक्रबार साढे ११ बजे मृत्यु भएको हो ।
प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमध्ये प्रदेश २ का ८ जना छन् । प्रदेश १ का २० जनामा मोरङका १६, सुनसरीका ३ र झापका १ रहेका छन् ।

शुक्रबार, भाद्र १२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]