१० बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, ८ भदौ । खेतमा लगाएका धानबालीमा गवारो लागेपछि किसान चिन्तित बनेका छन् । गवारोका कारण पोटा लाग्ने धानको गुवो काट्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
धेरै मेहनत र लागत लगाएर किसानले लगाएको धानबालीमा गुवो काटिएको देखेपछि उनीहरुको मनमा चिसो पसेको पाइन्छ । यो समस्या सुनसरी, मोरङ र झापाका किसानहरुले बढि भोगिरहेका छन् । धानमा केही स्थानमा डडुवा रोगले पनि सताइरहेको किसानको गुनासो आइरहेको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । समयमै खेती गर्न भ्याएका किसानहरुले यस किसिमको रोग र किराबाट बाली सखाप हुने पीरमा डुबेका छन् ।
सुनसरी चाँदबेलाका किसान देबनारायण चौधरीले आफ्ना खेतमा गुवो काटिएको देखिपछि कुन विषादी प्रयोग गर्ने सल्लाह र सुभाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि उहाँलाई समस्या बनाएको छ । यो समस्या एक प्रतिनिधिमूलक मात्र हो यस्ता हजारौं किसानहरु धानको उपचार नपाएर भौतारी रहेका छन् ।
गवारो माउ पुतली र फुलको थुप्रापहरु पहिचान गरी नष्ट गर्नुपर्ने, प्रकाश÷उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नुपर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नुपर्ने, ट्राकोग्राम परजीवीहरुको प्रयोग गर्नुपर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खलबलिन नदिने गरी रसायनिक विषादी प्रयोग गर्नुपर्ने सुझाव कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाको छ ।
धानको गाँज बढिरहेको बेलामा गुवो खाइदिने समस्या भएपछि किसानहरु अहिले मर्माहत बनेका छन् । लामो सयम पछि यसवर्ष पूर्व क्षेत्रमा ९७ दशमलव ६८ प्रतिशत रोपाँई भएको कृषि विकास निर्देशनालयले जानकारी दियो ।
कार्यालयअनुसार गएको वर्षमा यस क्षेत्रमा ५६ दशमलव ७४ प्रतिशत अर्थात एक लाख ९३ हजार ३९८ हेक्टर जग्गामा मात्र धान लगाइएको थियो भने यसवर्ष तीन लाख ३२ हजार ९ सय १७ हेक्टर जग्गामा धान खेती भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले बताउनुभयो ।

सोमबार, भाद्र ०८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]