२१ कार्तिक २०८१, बुधबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ७ भदौ । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ ।
एक वर्ष भित्रमा निर्माण सम्पन्न हुने गरी सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभ मूल्यमा सेवा दिने बताउनु भयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशभरी संचालन हुने प्रयोगशालाको संचालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । उहाँले प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा पैmलिएको महामारी देखा परेमा पुनः पहिचान गरिने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताउनुभयो ।
प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ । मन्त्रालयले क्याम्पससँग जग्गा प्राप्ति सम्वन्धी आइतबार सम्झौता गरेको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
प्रयोगशलाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो ।

आइतबार, भाद्र ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]