१६ चैत्र २०८०, शुक्रबार
प्रदेश १ मा ७० संक्रमित थपिए

कोरोना मुक्त भएर २५ डिस्चार्ज

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ७ भदौ । प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् ।
मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आइतबार ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् ।
मोरङको बुढीगंगा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष, सुनसरीको इटहरीका १ महिला ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ५९ पुगेको छ ।
प्रदेश १ मा आइतबार २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा १ हजार २ सय ६७ पुगेको छ । प्रदेश १ मा आइतबार ८ सय ५ पीसीआर परीक्षण भएको छ ।
हालसम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, भाद्र ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]