०५ साउन २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ७ भदौ । ग्रीनल्याण्ड कलेज कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नेपाल प्रहरीलाई फेस शिल्ड वितरण गरेको छ ।
कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमका साथ अग्रमोर्चामा कार्यरत नेपाल प्रहरीलाई आइतबार कलेजमा एक कार्यक्रमक आयोजना गर्दै ३ सय थान फेसशिल्ड वितरण गरेको हो ।
कलेजका प्रिन्सिपल दिपक पोखरेलले वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमलाई सो फेसशिल्ड हस्तान्तरण गरेको कलेजका संचालक दिनेश दाहालले जानकारी दिनुभयो ।

आइतबार, भाद्र ०७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]