बिराटनगर, ७ भदौ । प्रहरीले अत्याधिक खोजी सूचीमा रहेका हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी लागूऔषधसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारत बिहार राज्य अररिया जिल्ला ईन्द्रनगर ग्राम पञ्चायत–१० टिकुलिया टोलका बग्गा भन्ने प्रदिप यादवलाई शनिबार अपरान्ह बिराटनगर–१६ दरैयाबाट डाइलेक्स डि.सी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्कीसहित पक्राउ गरेको हो ।
भारतमा बसी नेपालको १ नं प्रदेश तथा २ नं प्रदेशसमेतका केही जिल्लाहरुमा अबैध रुपमा हातहतियार तथा लागूऔषधको कारोबार सञ्जाल बिस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाईके, हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार बग्गालाई प्रहरीले अत्याधिक खोजीको सूचीमा राखेको थियो ।
बग्गाले २०७५ मंसिर ३ गते उदयपुर उदयपुरगढी गाउपालिका–१९ को मन्दिप तामाङलाई मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल र गोली ४ थान, जिल्ला सुनसरी दुहवी–५ हाल ईटहरी–१२ खनार बस्ने शुशिलकुमार साहुलाई दिन भनी भारतबाट अवैध हातहतियार नेपालतर्पm पठाएकोमा मन्दिप तामाङ र साहुलाई विराटनगर–१६ स्थित विराटनगर हुलास मेटल चौकबाट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजना मुद्दा चलाएको थियो । सो मुद्दामा उक्त हातहतियार नेपालतर्पm पठाउने गिरोहका मुख्य नाईके बग्गा भन्ने प्रदिप यादव रहेको खुलेको थियो ।
त्यसैगरि २०७५ मंसिर ८ गते बग्गाले विराटनगर–१६ बस्ने बर्ष २२ को बिद्यानन्द मण्डल र अनुप गिरीलाई ३८० एम्पुल लागूऔषध, १०५ ग्राम ११० मिलीग्राम ब्राउन सुगर लागू औषध शरीरमा टेपले बाँधी, कटुवा पेस्तोल र २ राउण्ड गोलीसमेत धरान घर भई ललितपुर–४ एकान्तकुनामा डेरा गरी बस्ने रुपम राईलाई विराटनगर बसपार्कमा दिन भनी अबैध हातहियार तथा लागू औषध पठाएको, उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले विराटनगर–११ बसपार्कबाट पक्राउ गरी लागूऔषध तथा हातहतियार खरखजना मुद्दा चलाएको थियो । सो हातहतियार र लागूऔषध नेपालतर्पm पठाउने गिरोहको मुख्य नाईके बग्गा नै रहेको खुलेको थियो ।