१० बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, ४ भदौ । प्रदेश १ सरकारले संचालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ ।
कोरोनाका लक्षणसहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल बताउनुभयो ।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लक्षण भएकालाई विराटनगर ल्याईने छ ।’ क्वारेन्टाईन र आईसोलेसनलाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने मन्त्री घिमिरेले बताउनुभयो ।
केन्द्रमा १० वटा आईसीयु वेड, २ वटा फिक्स र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो । आईसीयुमा हाल ३ जना व्यक्तिहरु उपचाररत रहेको उहाँले बताउनुभयो ।
आईसीयु र भेन्टिलेटर संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताउनुभयो । उहाँका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतबारबाट संचालन गर्ने तयारी गरिएको छ ।
गत चैत २१ गतेदेखि संचालनमा ल्याईएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना शुरु गरिएको थियो । उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरी २ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमित एक जनाको मृत्यु भएको छ ।
उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरी ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दिपक सिग्देलले बताउनुभयो ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको संचालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ । अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहिबार, भाद्र ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]