०३ जेठ २०८२, शुक्रबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, ३ भदौ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बुधबार शोक सन्देश जारी गर्दै राष्ट्र कवि माधवप्रसाद घिमिरेको मंगलबार असामयीक निधनले साहित्यानुरागी राष्ट्रप्रेमी समस्त नेपालीहरूलाई स्तब्ध बनाएको बताउनु भएको छ ।
सन्देशमा उहाँले यस दुःखद् घडीमा प्रदेश नं. १ का जनताको तर्पmबाट र आफ्नो व्यक्तिगततर्पmबाट मृतआत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्राद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
सन्देशमा प्रदेश प्रमुख अधिकारीले स्व. राष्ट्रकवि घिमिरे नेपाली साहित्यका गीत, कविता, खण्डकाब्य, शोककाब्य, गीतिनाटक, कथा, अनुवाद लेख–प्रबन्ध जस्ता अनेकौँ विधा–उपविधाहरुमा निरन्तर, अविश्रान्त कलम चलाउने बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो उल्लेख गर्नु भएको छ ।
साहित्यका माध्यमबाट राष्ट्र र राष्ट्रियताको संरक्षण तथा सम्वद्र्धन संधै जुट्नु भएका राष्ट्रकवि घिमिरेले नेपाल र नेपालीलाई अतुलनीय, अविस्मरणीय गुण लगाएर जानु भएको प्रदेश प्रमुख अधिकारीले शोक वक्तव्यमा उल्लेख गर्नु भएको छ ।
“नेपाली हामी रहाँैला कहाँ नेपालै नरहे… जस्ता स्वाभिमानका पाठ पढाउने कवि घिमिरे युगयुगान्तसम्म हरेक नेपालीको हृदयमा रहिरहनु हुनेछ भन्दै हाम्रो आशा विश्वास र भरोसाका धरोहर राष्ट्रकवि आज हाम्रो सामु नरहे पनि कविले देखाएको पथ प्रर्दशन हाम्रा लागि संधै शीरोधार्य हुने कुरामा म आशावादी छु, सन्देशमा उहाँले उल्लेख गर्नु भएको छ ।
प्रदेश प्रमुख अधिकारीले नेपाल सरकारका तर्पmबाट पटक पटक सम्मानित तथा एउटा शताब्दीको सिङ्गो इतिहास बोक्नु भएका राष्ट्रकवि घिमिरेको निधनले मलाई अत्यन्त मर्माहत तुल्याएको छ, यस दुःखको घडीमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्दै परिवार जनमा हार्दिक समवेदना एवम् स्वर्गीय आत्माप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु सन्देशमा उल्लेख गर्नु भएको छ ।

बुधबार, भाद्र ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]