११ माघ २०८१, शुक्रबार
प्रदेश १ मा १ सय २३ संक्रमित थपिए

बिराटनगरमा ३२ पुरुष र २० महिला

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ३ भदौ । प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा बुधबार ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामधुनीमा २–२ पुरुष, झापाको दमकमा ८, भद्रपुरमा ३, विर्तामोड, कचनकवल र कमल गाउँपालिकामा १–१ पुरुषको रिपोर्ट पाजेटिभ आएको छ ।
झापाका २ र पाँचथरका १ पुरुषको स्थानीय तह नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बुधबार संक्रमण पुष्टी भएकामा भारतका १ महिला र १ पुरुष रहेका छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५५ पुगेको छ ।
प्रदेश १ मा बुधबार २ जना डिस्चार्ज भएका छन् मेची अञ्चल अस्पताल धाईजन आईसोलेसन केन्द्रबाट झापाका २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा बुधबार १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७२ हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार, भाद्र ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]