०२ कार्तिक २०७८, मंगलबार
विराटनगरमा ९६ जना संक्रमित मंगलबार थपिए

प्रदेश १ मा १ सय ३९ संक्रमित

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २ भदौ । प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ ।
प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ ।
प्रदेश १ मा मंगलबार २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालय जनाएको छ ।

मंगलबार, भाद्र ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]