०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
मंगलबार बिहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो ।
भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सबैको सहाकार्य आवश्यक रहेको बताउनुभयो । सबैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।
मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धारण गरेको उहाँले बताउनुभयो । लक्षित समूहको परीक्षण गर्ने गरी प्राथमिकता निर्धारण गरिएको मन्त्री घिमिरेको भनाई छ ।
चौधरी फाउण्डेसनले देशभरी ८ वटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्ने योजना रहेको प्रवन्धक राम जी कटुवालले बताउनुभयो । उहाँले प्रदेश सरकारले संचालन गरेको कोभिड अस्पताललाई भेन्टिलेटर हस्तान्तरण गर्ने कार्यक्रमअन्र्तगत कोशी कोभिडलाई उपलब्ध गराईएको बताउनुभयो ।
फाउण्डेसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि एउटा पोर्टेवल भेन्टिलेटर उपलब्ध गराउने उहाँले बताउनुभयो ।

मंगलबार, भाद्र ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]