१६ चैत्र २०८०, शुक्रबार
बिराटनगरमा आइतबार ८६ जना संक्रमित

प्रदेश १ मा १ सय ३ संक्रमित थपिए

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ३२ साउन । प्रदेश १ मा आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।
मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगर महानगरपालिकामा आइतबार ८६ जनामा कोरोनो पुष्टि भएको छ । संक्रमित मध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार १० पुगेको छ ।

आइतबार, साउन ३२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]