२६ माघ २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, ३१ साउन । प्रदेश १ मा शनिबार ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, ग्रामथान, सुनबर्षीमा १–१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै सुनसरीको धरानमा २ महिला ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शनिबारसम्म कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ७ पुगेको छ ।
प्रदेश १ मा शनिबार १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयअन्र्तगतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विशालले बताउनुभयो ।
प्रदेश १ मा शनिबारसम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।

शनिबार, साउन ३१, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]