१६ चैत्र २०८०, शुक्रबार
बिराटनगरमा एकै दिन ६० संक्रमित

प्रदेश १ मा १ सय १५ संक्रमित थपिए

Darshan Daily

४ वर्ष अगाडि

विराटनगर, २९ साउन । बिराटनगरमा एकै दिन ६० संक्रमित थपिएका छन् ।
बिराटनगरमा बिहीबार एकै दिन २२ महिला र ३८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मा १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरका ६०, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ । त्यसैगरि बिहीबार २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।

बिहिबार, साउन २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]