०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २८ साउन । प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ ।
प्रदेश १ मा १९ सयको हाराहारीमा बुधबार कोरोना परीक्षण भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार बुधबार १ हजार ८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रदेश १ का मात्रै ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ । प्रदेश १ मा रहेका प्रयोगशालाबाट हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ । अन्य प्रदेशका ६ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण प्रदेश १ का प्रयोगशालाबाट भएको हो ।
हालसम्म प्रदेश १ मा १६ सय ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १८ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ ।

बुधबार, साउन २८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]