०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, २८ साउन । प्रदेश १ मा कोरोना भाईरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको बुधबार विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । बुधबार ४८ जना थपिएका छन् । मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जना छन् । मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र कोशी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा बुधबार ४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ ।
प्रदेश १ मा बुधबार १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार, साउन २८, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]